
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिमा प्रस्ताव गर्न शेरबहादुर देउवालाई आग्रह गर्नु भएको छ । आज चितवन काठमाडौं प्रजातान्त्रिक मन्चले महाधिवेशन प्रतिनिधिसँग जावलाखेलमा गरेको कार्यक्रममा निधिले देउवाले पौडेललाई सभापति समर्थन गरे आफू पनि बाधक नबन्ने बताउनु भएको हो ।
देउवाले रामचन्द्रलाई सभापतिमा प्रस्ताव गर्ने हो भने निर्विरोध रुपमा नेतृत्व चयन हुने र काँग्रेसमा एकताको सन्देश प्रवाह हुने निधिको भनाइ छ ।
प्रकाशित : २०७८ मंसिर २४ शुक्रबार