
काठमाडौं । मेक्सिकोमा सडक दुर्घटना हुँदा ५३ जनाको मृत्यु भएको छ । ल्याटिन अमेरिकन मुलुक मेक्सिकोको दक्षिणी क्षेत्रमा भएको दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको बताइएको छ । समाचार संस्था रोयटर्सका अनुसार चियापास प्रान्तबाट जाँदै गरेको एक ट्रक घुमाउरो मोडमा पल्टिदा दुर्घटना भएको हो । ट्रकमा एक सयभन्दा बढी आप्रवासी मानिसहरू सवार रहेको बताइएको छ ।दुर्घटनामा परी ५८ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
प्रकाशित : २०७८ मंसिर २४ शुक्रबार