
काठमाडौं । आज देशभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा कुनैपनि उल्लेखनीय मौसमी प्रणाली छैन ।
अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । भने दिउँसो प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
त्यस्तै आज राती प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको मौसम बुलेटिनमा उल्लेख गरिएको छ ।
प्रकाशित : २०७८ मंसिर २४ शुक्रबार