
काठमाडौं । अफगानिस्तानले नेदरल्यान्ड्सविरुद्ध तीन एकदिवसीय क्रिकेट सिरिज खेल्ने भएको छ । अफगानिस्तानले नेदरल्यान्ड्सविरुद्धको सिरिज कतारको दोहामा आगामी जनवरीमा आयोजना गर्ने अफगानिस्तान क्रिकेट बोर्डले जनाएको छ ।
बोर्डका अनुसार पहिलो खेल जनवरी २१, दोस्रो २३ र तेस्रो तथा अन्तिम खेल जनवरी २५ तारिखमा हुनेछ । तीनवटै खेल एसियन टाउन क्रिकेट एकेडेमी स्टेडियममा हुने पनि बोर्डले जनाएको छ । सिरिज एकदिवसिय सुपर लिग अन्तर्गतको हुनेछ जुन सन् २०२३ को विश्वकपको छनोटको रुपमा समेत रहनेछ ।
अफगानिस्तानले जनवरी र फेब्रअरीकोबीचमा जिम्बावेविरुद्धको सिरिज समेत खेल्ने तालिका रहेको छ । सन् २०२३ सम्म अफगानिस्तानले अष्ट्रेलिया र पाकिस्तानविरुद्धको सिरिज आयोजना गर्नेछ भने भारत, बङ्गलादेश र श्रीलङ्काको भ्रमण गर्नेछ ।