
काठमाडौं । भारतीय क्रिकेटको सर्वोच्च निकायले ब्याट्सम्यान रोहित शर्मालाई भारतको एकदिवसीय क्रिकेट टीमको कप्तान नियुक्त गरेको छ ।बीसीसीआईको छनोट समितिले रोहितलाई कप्तानमा नियुक्त गर्ने निर्णय गरेको हो ।विराट कोहलीलाई हटाएर बीसीसीआईले रोहितलाई कप्तान चयन गरेको हो ।
रोहित यसअघि उपकप्तान हुनुहुन्थ्यो ।यससँगै रोहितले भारतको एकदिवसीय र टी–ट्वान्टीको कप्तानी गर्ने हुनु भएको छ । टेस्टको कप्तानी भने विराटले नै गर्नुहुनेछ भने रोहित टेस्टको उपकप्तान रहनु हुनेछ ।दक्षिण अफ्रीकाविरुद्धको एकदिवसीय सिरिज अघि भारतले रोहितलाई कप्तान चयन गरेको हो ।
प्रकाशित : २०७८ मंसिर २३ बिहीबार