लमजुङमा शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटना, ३ जनाको मृत्यु

[sharethis-inline-buttons]

काठमाडौं । लमजुङमा विद्यार्थी बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका– ८ भुस्मेनजिकै भएको दुर्घटनामा अन्य ६ जना घाइते भएका लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी जगदीश मिश्रले जानकारी दिनुभयो ।

आज बिहान पौने १२ बजे जिप दुर्घटना भएको हो । जिपमा विद्यार्थी र शिक्षक सवार रहेको भनिए पनि यकिन जानकारी प्राप्त भई नसकेको सहायक प्रजिअ मिश्रले बताउनु भयो । मिश्रकाअनुसार अहिले पनि उद्धार कार्य जारी रहेकाले घटनाको पूर्ण विवरण आइसकेको छैन ।


प्रकाशित : २०७८ मंसिर २३ बिहीबार