
काठमाडौं । नेपाली कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले १४औँ महाधिवेशनमा पेस गरिने विभिन्न तीन वटा प्रस्ताव पारित गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले राजनीतिक र आर्थिक प्रतिवेदन पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
राजनीतिक, आर्थिकसँगै बैठकले सांगठनिक प्रतिवेदनसमेत पारित गरेको छ ।बैठकमा कोषाध्यक्षको तर्फबाट लेखासम्बन्धी प्रतिवेदन पेश भएको छ । प्रतिवेदनमा कांग्रेससँग १० करोड बढी रकम कोषमा रहेको उल्लेख छ ।त्यसैगरी बैठकले नीति अनुसन्धान, प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदनसमेत पारित गरेको छ ।
प्रकाशित : २०७८ मंसिर २३ बिहीबार