जापानमा ६ म्याग्निच्युडको भूकम्प

[sharethis-inline-buttons]

काठमाडौं । जापानको कागोशिमा प्रान्तमा भुकम्प गएको छ । उक्त क्षेत्रमा बिहीबार ६.० म्याग्निच्युडको भूकम्प गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । स्थानीय समयानुसार बिहीबार बिहान ११:०५ बजे भूकम्प गएको थियो ।

यसको केन्द्रविन्दु २९.४ डिग्री उत्तर अक्षांश र २० किलोमिटर गहिराईमा १२९.४ डिग्री पूर्व देशान्तरमा रहेको थियो । यस शक्तिशाली भूकम्पपछि अहिलेसम्म सुनामीको चेतावनी भने जारी गरिएको छैन ।


प्रकाशित : २०७८ मंसिर २३ बिहीबार