६० वर्षभन्दा माथिका व्यक्तिलाई तीन महिनापछि थप एक मात्रा लगाउने तयारी

[sharethis-inline-buttons]

काठमाडौं । सरकारले भेरोसेल खोप लगाएका ६० वर्षभन्दा माथिका व्यक्तिलाई तीन महिनापछि थप एक मात्रा लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख डा.विवेक कुमार लालले भेरोसेलको दुई मात्रा लगाएका ६० वर्ष माथिका व्यक्तिलाई कम्तिमा तीन महिनापछि थप एक मात्रा लगाउन सिफारिस गरिएको जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय खोप सल्लाहकार समिति र विश्व स्वास्थ्य सङ्गठनले उपलब्ध गराएको तथ्यका आधारमा कोरोनाविरुद्धको खोप भेरोसेल लगाएका ६० वर्ष वर्षभन्दा माथिका नागरिकलाई थप १ मात्रा खोप लगाइने तयारीमा सरकार जुटेको हो । यस्तै भेरोसेलको दुई मात्रा लगाइसकेका रोग प्रतिरोधी क्षमता कम भएका व्यक्तिलाई पनि तेस्रो मात्रा दिइने उनकाे भनाइ छ । उनले सरकारले कोरोनाविरुद्धको बुस्टर खोपको विषयमा हालसम्म कुनैपनि निर्णय नभएकाले यस विषयमा अहिले नै धेरै चिन्ता नगर्न पनि आग्रह गरेका छन् ।


प्रकाशित : २०७८ मंसिर २३ बिहीबार