
काठमाडौं । बार्सिलोना, च्याम्पियन्स् लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । गएराति भएको खेलमा बार्यन म्युनिखसँग ३ शून्य गोल अन्तरले पराजित भएसँगै बार्सिलोना १७ वर्षपछि पहिलोपटक नकआउट चरणमा पुग्न असफल भएको हो । यसअघि सन् २००३–०४ को सिजनमा बार्सिलोना प्रतियोगिताकै लागि छनौट हुन सकेको थिएन ।
त्यसयता भने कम्तीमा नकआउट चरणसम्मको यात्रा तय गर्दै आएको बार्सिलोना यसपटक भने समूह चरणबाटै बाहिरिएको हो । यो सिजन बार्सिलोनाले खराब प्रदर्शन गरिरहेको छ । बार्यन म्युनिखका लागि थोमस मुलर, लिरोय साने तथा मुसिएलाले गोल गर्नुभएको छ । बार्यन लिगका सबै खेलमा विजयी हुँदै १८ अङ्कसहित समूहको शीर्ष स्थानमा रह्यो । यस्तै राति नै भएको खेलमा डाइनामो किभलाई २ शून्यले हराउँदै बेनिफिका अन्तिम १६ मा पुगेको छ ।