काँग्रेस महाधिवेशन : पौडेल समुहलाई सभापतिको साझा उम्मेदवार छान्न सकस

[sharethis-inline-buttons]

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेद्वार चुन्न छलफललाई तिब्रता दिएको छ । आज बेलुकीसम्ममा साझा उम्मेद्वारको टुङ्गो लगाउने नेता पौडेलले बताउनुभयो ।

आफू पक्षीय केन्द्रीय सदस्य, प्रदेश सभापति, प्रदेश सभापतिका प्रत्यासी, जिल्ला सभापति र पूर्व जिल्ला सभापतिसँग परामर्श गरी साँझसम्म एकमात्र उम्मेदवार घोषणा गर्ने पौडेल समूहको तयारी छ । तर अहिलेसम्म साझा उम्मेदवार कसलाई बनाउने भन्नेमा टुंगो लाग्न सकेको छैन । वरिष्ठ नेता पौडेल र महामन्त्री शशांक कोइरालाले साझा उम्मेदवार बन्ने अवस्थामा सभापतिको दाबी छोड्ने बताउनुभएको छ भने नेता प्रकाशमान सिंह र शेखर कोइराला आफू बाहेकको हकमा सहमति गर्ने पक्षमा देखिनुभएको छैन ।

यसअघि हिजो भएको छलफलमा कसलाई साझा उम्मेद्वार बनाउने भन्नेबारेमा टुङ्गो नलागेपछि आज फेरि बैठक बस्ने तयारी भएको हो । संस्थापन समूहबाट सभापति शेरबहादुर देउवा फेरि पनि सभापतिमा उठ्ने तयारीमा हुनुहुन्छ । उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उमेदवारी घोषणा गरिसक्नुभएको छ ।


प्रकाशित : २०७८ मंसिर २३ बिहीबार