पौडेल पक्षमा साझा उम्मेदवार छान्न सकस, बुधबार पनि जुटेन सहमति

[sharethis-inline-buttons]

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर पक्षका नेताहरु १४औं महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवारको टुंगो लगाउन बुधबार पनि असफल भएका छन्। साझा उम्मेदवार तय गर्नका लागि भोलि बिहीबार फेरि बैठक बस्ने नेताहरुले जानकारी दिएका छन्। बुधबार बिहान बानेश्वरमा बसेको बैठकमा साझा उम्मेदवारको विषयमा ुसहमतिु जुट्न नसकेपछि दिउँसो नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा शीर्ष नेताहरुको बैठक बसेको थियो।

चाक्सीबारीको बैठकमा सभापतिका आकांक्षीहरु वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला तथा नेताहरु प्रकाशमान सिंह र डा शेखर कोइरालासहित केन्द्रीय सदस्यहरु सहभागी थिए। सभापतिका आकांक्षीहरुले लचक हुने संकेत नदेखिएपछि चाक्सीबारी बैठक निष्कर्षविहीन भएको हो।


प्रकाशित : २०७८ मंसिर २२ बुधबार