
काठमाडौँ – बुधबार दिउँसो भारतको तामिलनाडूमा भएको हेलिकोप्टर दुर्घटनामा परेका भारतीय रक्षा प्रमुख विपिन रावतको निधन भएको छ । उक्त हेलिकोप्टर दुर्घटनामा रावत तथा उनकी श्रीमती सहित अन्य सैन्य अधिकारीको निधन भएको हो । यो सगै दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ । सेना प्रमुख रावत सवार हेलिकप्टर आज दिउँसो तमिलनाडू राज्यमा दुर्घटना हुँदा भएको थियो । एमआई–१७ भी ५ नामक हेलिकप्टरमा सेना प्रमुखसहित अन्य १४ जना सवार थिए ।
हेलिकोप्टर दुर्घटनापछि रावतलाई अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा उपचारका क्रममा उनको निधन भएको भारतीय एयर फोर्सले जनाएको छ। घना जंगलमा भएको दुर्घटनामा गम्भीर घाइते भएका रावतसहितलाई उपचारका लागि अस्पताल लगिएको थियो। हेलिकोप्टरमा भारतीय रक्षा प्रमुख रावत र उनकी पत्नी मधुलिकासमेत १४ जना सैन्य अधिकारी थिए। समाचार अनुसार अहिलेसम्म १४ मध्ये १३ जनाको ज्यान गएको हो।