नेपाली काँग्रेसकाे सभापति पदका लागि १० जना नेताको आकाङ्क्षा

[sharethis-inline-buttons]

काठमाडौं । शुक्रबार सुरु हुने नेपाली काँग्रेसको महाधिवेशनमा सभापतिका लागि १० जना नेताले आकाङ्क्षा देखाएका छन् । त्यसअनुसार नेताहरू सहमति खोज्न बैठक र छलफलमा छन् । सभापतिमा आउन इच्छुक मध्येका वरिष्ठ नेता रामचन्द्र पौडेलले सहमति हुँदा आफ्नो बिचार समूहका अरु नेतालाई सभापतिको उमेद्वार मान्न तयार रहेको बताएका छन् ।

काँग्रेसको नेतृत्वले राष्ट्रलाई प्रगति दिन सक्नुपर्ने, पार्टीलाई नेपाली जनताको भरोसाको केन्द्र बनाउनुपर्ने भएपनि वर्तमान सभापति शेरबहादुर देउवाले गर्न नसकेको पौडेलको भनाइ छ । दलदलमा फसेको काँग्रेस पार्टीलाई मुक्ति दिलाउने, आउँदो चुनावमा पार्टीलाई सबै तहमा विजयी गराउने आफ्नो योजना रहेको पौडेलले दाबी छ ।

आफुले सामुहिकतामा विश्वास गर्ने भएकाले सहमती र छलफलको प्रयास भइरहेको उनको भनाइ छ । वर्तमान सभापतिका विश्वास पात्र भनिएका नेता वीमलेन्द्र निधि पनि सभापतिको उम्मेदवारी दिने तयारीमा छन् । उनले नेपाली काँग्रेस पार्टीको नेतृत्व दोस्रो पुस्ताले गर्नुपर्ने बताउँदै पार्टी भित्रको गुट उपगुटको अन्त्य गर्ने योजना रहेको बताएका छन् ।

सभापति देउवाले नेता कृष्ण सिटौला समूहको सहायतामा सभापतिमै उम्मेदवारी दिने तयारी गरेको चर्चा भइरहेको छ । तर वरिष्ठ नेता पौडेल समूहमा सहमति नहुँदै नेता प्रकाशमान सिंहले सभापतिको चुनावका लागि भन्दै हिजो सम्पर्क कार्यालय खालेका थिए । आफुले पार्टीको सबै तहमा रहेर काम गरिसकेकाले पार्टीको सभापति पदका लागी योग्य भएको सिंहा दाबी छ ।

काँग्रेसको चौधौँ महाधिवेशनका लागि पदाधिकारी, केन्द्रीय सदस्य लगायतका पदका लागि पनि अरु नेताहरूले उम्मेदवारी दिने घोषणको क्रम बढेको छ । यस बाहेक कल्याण गुरुङ, गोपालमान श्रेष्ठ लगायतका नेताहरूले पनि सभापतिमा आकाङ्क्षा व्यक्त गरेका छन् ।


प्रकाशित : २०७८ मंसिर २२ बुधबार