हिमाली जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने तयारी

[sharethis-inline-buttons]

काठमाडौं । सरकारले हिमाली जिल्लाका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । पहिलो चरणमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको मोडेर्ना खोप लगाउने तयारी गरेको स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप शाखा प्रमुख डा सागर दहालले बताउनुभयो ।

उहाँका अनुसार हिमाली जिल्लाका बालबालिकालाई मोडेर्ना खोप लगाउने बारेमा आज छलफल गर्ने तयारी छ । कोभ्याक्स सुविधामार्फत एक लाख ८८ हजार डोज मोडेर्ना खोप नेपाल आइपुगेको छ । आउँदो हप्ता ३४ लाख मात्र खोप नेपाल आइपुग्ने भएकाले १२ वर्षमाथिका बालबालिकालाई खोप लगाउने योजना रहेको उहाँको भनाइ छ ।

यसैबीच नेपालमा हालसम्म ८७ लाख बढीले कोरोना भाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म ८७ लाख ८० हजार ४३३ जनाले पूर्ण मात्रा खोप लगाएका हुन् । यस्तै १ करोड ५० लाख ४ हजार ७ सय ६४ जनाले पहिलो मात्रा खोप लगाएका छन् । पहिलो र दोस्रो मात्रा गरी हालसम्म १ करोड ९२ लाख ८५ हजार १ सय ९७ जनाले खोप लगाइसकेको मन्त्रालयको भनाइ छ ।


प्रकाशित : २०७८ मंसिर २२ बुधबार