ए डिभिजन लिगमा आज २ खेल हुँदै

[sharethis-inline-buttons]

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ खेल हुँदैछन् । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो १ बजे हुनेछ । हिमालयन शेर्पा तालिकाको १२ औं स्थानमा छ भने नेपाल पुलिस छैंटौं स्थानमा छ ।

यस्तै आजै साँझ पौने ५ बजे जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच दोस्रो खेल हुनेछ । जावलाखेल १३ औं स्थानमा रहँदा मच्छिन्द्र सातौं स्थानमा छ । यी खेल हिजै हुनुपर्ने भएपनि एथ्लेटिक्स् खेलका कारण आजका लागि सारिएको अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ ।


प्रकाशित : २०७८ मंसिर २२ बुधबार