आज प्रदेश १ बाहेक देशका धेरै ठाउँको मौसम सफा रहन

[sharethis-inline-buttons]

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश नम्बर-१ को भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश.१ को पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश-१ र प्रदेश नम्बर-२ का भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।


प्रकाशित : २०७८ मंसिर २२ बुधबार