
काठमाडौं । अमेरिकाले चीनको बेइजिङमा हुने गृष्मकालिन ओलम्पिकमा कूटनीतिक बहिष्कार गर्ने घोषणा गरेको छ । अमेरिकाको राष्ट्रपति कार्यालय व्हाइट हाउसले चीनमा भइरहेको मानवअधिकार उल्लङ्घनको चिन्ताको कारण खेलमा अमेरिकाको तर्फबाट कुनै आधिकारिक प्रतिनिधिमण्डल सहभागि नहुने बताएको छ ।
बेइजिङ ओलम्पिकमा कूटनीतिकस्तरमा अधिकारीहरूको टोली नगएपनि एथलेटेक्सिमा सहभागिता जनाउने र सरकारले पूर्ण साथ दिने पनि अमेरिकाले स्पष्ट पारेको छ । चीनले यसअघि नै बहिष्कारका कुनै पनि घटनाहरूलाई त्यसरी नै प्रतिक्रिया दिने बताइसकेको छ । गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले ओलम्पिकमा कूटनीतिक बहिष्कार सम्बन्धमा विचार गरिरहेको बताउनुभएको थियो ।
ह्वाइट हाउसका प्रवक्ता जेन साकीले हिजो कूटनीतिक बहिष्कारको निर्णय भएको जानकारी दिनुभएको हो । यसअघि सन् १९८० मा अमेरिकाले मस्को ओलम्पिक पनि बहिष्कार गरेको थियो भने सोभियत सङ्घले १९८४ मा अमेरिकाको लस एन्जल्समा भएको ग्रीष्मकालिन ओलम्पिक बहिष्कार गरेको थियो ।