
काठमाडौँ – बैतडीको पाटन नगरपालिकास्थित यात्रुवाहक जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । पाटन नगरपालिका-१ सकारमा पाटनबाट कैलपालतर्फ गइरहेको से १ ज ८८८ नम्बरको जिप दुर्घटनामा परेको हो । इलाका प्रहरी कार्यालय पाटनका अनुसार दुर्घटनामा ६ जना घाइते छन् ।
मृतकको परिचय नखुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राकेश शाहीले बताए । घाइतेको प्रहरीले उद्वार गरिसकेको र उपचार भइरहेको प्रहरीको भनाइ छ ।
प्रकाशित : २०७८ मंसिर २० सोमबार