
काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सत्ता गठबन्धन राष्ट्रिय सभा चुनावसम्मका लागि मात्रै रहेको बताएका छन् । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सोमबार विहान पत्रकारहरूसँगको कुराकानीमा देउवाले राष्ट्रिय सभा चुनावपछि गठबन्धन के हुने भन्नेबारे छलफल नभएको बताएका हुन । राष्ट्रिय सभाको चुनाव आउँदो माघ १२ गते हुँदैछ ।
यता सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले भने सत्ता गठबन्धन आगामी संघीय चुनाव सम्मका लागि भएको बताउँदै आएका छन् ।
प्रकाशित : २०७८ मंसिर २० सोमबार