एमालेले पराजित नेतालाई स्थायी कमिटीमा समेट्ने

[sharethis-inline-buttons]

काठमाडौं । नेकपा एमालेले १० औँ महाधिवेशनमा पराजित नेतालाई व्यवस्थापन गर्ने बारेमा अनौपचारिक छलफल सुरु भएको छ । एमालेको गत मङ्गलबार सम्पन्न दसौँ महाधिवेशनमा नेताहरू भीम रावल, भीम आचार्य, घनश्याम भुसाल लगायत पराजित भएपछि पार्टीमा समावेश गरी अघि बढ्ने भन्ने बारेमा अनौपचारिक छलफल भइरहेको उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिनु भएको छ ।

महाधिवेशनबाट पदाधिकारीमा पराजित नेतालाई केन्द्रीय कमिटीमा ल्याउन स्वतः उम्मेदवारी दिएको मानिने व्यवस्था एमालेमा छ । तर अध्यक्षको प्रतिस्पर्धामा रहनुभएका नेता रावलले आफ्नो उम्मेदवारी केन्द्रीय समितिमा नरहेको दावी गर्दै केन्द्रीय सदस्यमा रहन मान्नुभएको छैन । उहाँलाई पनि कसरी समेट्ने भन्ने बारेमा छलफल भइरहेको ज्ञवालीले बताउनुभयो । एमाले नेताहरूका अनुसार पराजित भएका उम्मेदवारलाई स्थायी कमिटीमा समेट्ने बारेमा पनि छलफल भइरहेको छ ।


प्रकाशित : २०७८ मंसिर २० सोमबार