काँग्रेसको ४ प्रदेशमा संस्थापन पक्ष हावी, २ वटा प्रदेशमा इतरपक्षको जित

[sharethis-inline-buttons]

काठमाडौं । काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ६ वटा प्रदेशको नेतृत्व छानिएको छ । प्रदेश १ मा संस्थापन पक्षका उम्मेदवार उद्धव थापा सभापतिमा निर्वाचित हुनुभएको छ । निर्वाचित थापाले ८ सय ४४ मत ल्याउनुभएको छ भने सभापति पदका अर्का उम्मेदवार गुरूराज घिमिरे पराजित हुनुभएको छ ।

घिमिरे २ मत अन्तरले पराजित हुनुभएको हो । नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा ईन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको छ । दोस्रो चरणको निर्वाचनमा जगदीश्वरनरसिंह केसीलाई १ सय ५८ मत अन्तरले हराउँदै सभापति शेरबहादुर देउवानिकट बानियाँ प्रदेश सभापतिमा निर्वाचित हुनुभएको हो ।

लुम्बिनी प्रदेशमा भने अमरसिंह पुन सभापतिमा विजयी हुनुभएको छ । संस्थापन पक्षका भरतकुमार शाहलाई पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । एक उपसभापति बाहेक संस्थापनइतर समूहका अमरसिंह पुन समूहको प्यानल नै विजयी भएको छ । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापतीमा संस्थापन पक्षका वीरबहादुर बलायर विजयी हुनुभएको छ ।

उहाँले संस्थापनइतर पक्षका नारायणदत्त मिश्रलाई पराजित गर्नुभएको हो । गण्डकी प्रदेश सभापतिमा भने संस्थापनइतर पक्षका शुक्रराज शर्मा निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेशमा संस्थापन पक्षका ललितजङ्ग शाही बिजयी हुनुभएको हो । महाधिवेशन भएका ६ प्रदेशमध्ये ४ प्रदेशमा संस्थापन पक्षका नेता सभापतिमा विजयी भएका छन् । प्रदेश २ को अधिवेशन भने हुन बाँकी छ ।


प्रकाशित : २०७८ मंसिर २० सोमबार