काठमाडौँ – ३३ किलो सुन काण्डमा इन्टरपोलबाट रेड नोटिस जारी गरिएका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। झापा साविक शिवगंज गाविस-१ ठेगाना भएका ५० वर्षीय कृष्णगोपाल अग्रवाललाई आइतबार प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो।अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङबाट सम्बन्धित अपराध कसूरमा कारबाही गर्ने गराउने प्रयोजनार्थ हाल महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंमा राखिएको उक्त शाखाले जनाएको छ।
प्रकाशित : २०७८ मंसिर १९ आईतवार