
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित हुनु भएको छ ।आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले कमल थापालाई ११९ मत अन्तरले पराजित गरेर अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
नवनिर्वाचित अध्यक्ष लिङ्देनले लिङ्देनले पार्टीमा चलिआएको परम्परालाई तोड्दै नयाँ सुरुवात गरेको बताउनु भएको छ ।उहाँले अब राष्ट्रप्रमुखका रूपमा राजा र सोझै जनताले चुन्न पाउने प्रधानमन्त्रीय प्रणालीका लागि राप्रपाले अभियान अघि बढाउने बताउनु भयो ।
प्रकाशित : २०७८ मंसिर १९ आईतवार