
१९ मंसिर,काठमाण्डौ ।हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ बढेको छ ।गत शुक्रबार ९१ हजार ३ सय रुपैयाँ तोलामा कारोबार भएको सुन आज तोलामा ७ सयले बढेर ९२ हजार रुपैयाँ तोलामा किनबेच भैरहेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको भाउ पनि आज बढेको छ । गत साता १ हजार १ सय ९० रुपैँया तोलामा किनबेच भएको चाँदी आज १० रुपैयाँले बढेर १ हजार २ सयमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
प्रकाशित : २०७८ मंसिर १९ आईतवार