थापाथलीमा टिपरको ठक्करबाट युवकको मृत्यु

[sharethis-inline-buttons]

१९ मंसिर,काठमाण्डौ । काठमाडौंको थापाथलीमा आज बिहान मिनी टिपरले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । थापाथलीबाट त्रिपुरेश्वतर्फ जाँदै गरेको बा २ ख ७३ २७ नम्बरको मिनी टिपरले त्रिपुरेश्वरबाट थापाथलीतर्फ आउँदै गरेको बा २४ प ९३ ५९ नम्बरको स्कुटरलाई आज बिहान पौने ६ बजे ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोकको पनौतीका १९ वर्षीय सुजन सापकोटा ज्यान गएको प्रहरीले जनाएको छ ।

गम्भिर घाईते सापकोटाको उपचारका क्रममा नर्भिक अस्पतालमा ज्यान गएको हो । स्कुटरमा पछाडी सवार २२ वर्षीय आशिष हुमागाईंको नर्भिक अस्पतालममै उपचार भइरहेको छ ।टिपर चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ ।


प्रकाशित : २०७८ मंसिर १९ आईतवार