‘ए’ डिभिजन लिगमा आज बिग्रेड ब्वाइज र आर्मीबीच प्रतिस्पर्धा हुँदै

[sharethis-inline-buttons]

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो चरण अन्तर्गत आज एक मात्रै खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने एक मात्र खेलमा ब्रिगेड ब्वाइज क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । ब्रिगेड र आर्मीबीचको खेल अपरान्ह ४ ः ४५ मा सुरु हुनेछ । आजको खेलमा दुबै टिम तीन अङ्क जोड्ने योजनासहित मैदान उत्रनेछ ।

बलियो टिम आर्मीविरुद्ध मैदान उत्रदा ब्रिगेड दोस्रो जितको खोजीमा हुनेछ । ब्रिगेड दुई खेलमा ४ अङ्क जोडेर चौंथो स्थानमा रहेको छ । ब्रिगेडले पहिलो खेलमा एपीएफलाई ३–२ गोल अन्तरले हराएको थियो । दोस्रो खेलमा ब्रिगेडले एनआरटीसँग गोलरहित बराबरी खेलेको थियो । आर्मी भने पहिलो जितको खोजीमा रहेको छ ।

अघिल्ला दुई खेलमा आर्मीले जित निकाल्न सकेको छैन । आर्मी दुई खेलमा २ अङ्क जोडेर नवौं स्थानमा रहेको छ । आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो । तर, दोस्रो खेलमा आर्मीले मछिन्द्र क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।


प्रकाशित : २०७८ मंसिर १९ आईतवार