आजदेखि बाघ गणना सुरु हुँदै

[sharethis-inline-buttons]

काठमाडाैं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आजदेखि बाघ गणना सुरु गर्दैछ । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रबाट बाघको गणना सुरु गरिने विभागले जनाएको छ । नेपालमा पर्सा राष्ट्रिय निकुञ्ज, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइने गरेको भएपनि सबैभन्दा धेरै बाघ चितवनमा रहेको छ ।

बाघ गणनामा प्राविधिकको सुरक्षापाटोलाई विशेष ध्यान दिइने विभागका सुचना अधिकारी बेद कुमार ढकालले जानकारी दिनुभयो । बाघ गणना ४/४ बर्षमा गरिदै आएको छ । सन् २०१८ मा गरिएकोे गणनमा देशभर २ सय ३५ ओटा बाघ रहेका थिए । गणनाको लागि ३ करोड ७० लाख रूपैयाँ खर्च हुने विभागको अनुमान छ । बाघ , हात्ती र गैडाको संभावित आक्रमणबाट जोगिने गरि बाघको गणना गर्ने व्यवस्था मिलाउन विभागले तयारी गरेको छ ।


प्रकाशित : २०७८ मंसिर १९ आईतवार