१९ मंसिर,काठमाण्डौ ।कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङदेन राप्रपा अध्यक्षमा निर्बाचित भएका छन ।आज बिहान सम्पन्न मतगणनामा कमल थापालाई २२७ मतले पराजित गर्दै लिङदेन बिजयी भएका हुन ।
राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन्। भने अध्यक्षका अर्का कमल थापाले एक हजार छ सय १७ मत ल्याएका थिए। चार सय १३ मत भने बदर भएको थियो। यसैबीच अध्यक्षका अर्का उम्मेदवार थापाले पराजय स्वीकार गर्ने बताएका छन्।
आज बिहान ट्वीटर मार्फत ट्वीट गर्दै अध्यक्षमा लिङ्देन जितेकोमा बधाई पनि दिएका छन्। प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु,’ थापाले ट्वीटमा भनेका छन ।थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको हस्तक्षेप भएको आरोप लगाएका छन्।