
काठमाडाैं । युक्रेनले आगामी जनवरीसम्म रुसले आक्रमण गर्न सक्ने भन्दै तयारी अवस्थामा रहन आफ्ना सेनालाई निर्देशन दिएको छ । युक्रेनका रक्षा मन्त्री एलेक्सि रेजनीकोभले रुसले युक्रेनको सीमानजिक ९४ हजारभन्दा बढी सेनालाई तैनात गरेको र जनवरीको अन्त्यसम्ममा आक्रमण गर्न सक्ने बताउनुभयो ।
हिजो संसदलाई जानकारी दिने क्रममा मन्त्री रेजनीकोभले युक्रेनबाट हुन सक्ने कारबाहीलाई रोकेर राखेपनि यदि रुसले आक्रमण ग¥यो भने हामीपनि आक्रमणको लागि तयार रहेको बताउनुभयो । यूक्रेन र त्यहाँको नाटो सहयोगीले यसै वर्ष युक्रेनको सीमानजिक सैन्य गतिविधिलाई लिएर चेतावनी जारी गरेको थियो ।
त्यसपछि पूर्वी युक्रेनमा जारी तनाव युद्धमा परिणत हुन सक्ने आशङ्का गरिँदै आएको छ । तर, रुसले भने यस विषयलाई खण्डन गर्दै आएको छ । साथै यस प्रकारको सङ्घर्षलाई रोक्नमा सबै प्रयास गर्नेपनि रुसले बताएको छ ।