न्यायपालिकाको गुन बिर्सेका छैनौँ : दाहाल

[sharethis-inline-buttons]

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसद् पुनःस्थापनका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको बताएका छन् ।चितवनमा शक्रबार पत्रकारसँग कुराकानी गर्दै उनले संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट भएको सकारात्मक कामको गुन तिर्ने बताए । ‘संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको छ । त्यो बिर्सेका छैनौँ । अहिले न्यायपालिकालाई समस्या पर्दा त्यसलाई सहयोग गर्छौँ,’ उनले भने ।


प्रकाशित : २०७८ मंसिर १७ शुक्रबार