अफगानिस्तानको अर्थतन्त्रमा १ अर्ब अमेरिकी डलरबराबरको नोक्सान

[sharethis-inline-buttons]

काठमाडौं । तालवानले महिलालाई प्रतिबन्ध लगाएकै कारण अफगानिस्तानको अर्थतन्त्रमा १ अर्ब अमेरिकी डलरबराबरको नोक्सान भएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले एक प्रतिवेदन सार्वजनिक गर्दै महिलामाथि प्रतिबन्ध लगाएकै कारण अफगानिस्तानको अर्थतन्त्रमा १ अर्ब अमेरिकी डलरबराबरको नोक्सान भएको जनाएको हो ।

गत अगस्टमा सत्ता कब्जामा लिएपछि तालिवानले महिलाहरुलाई यसअघि गर्दै आएको काम गर्न प्रतिबन्ध लगाउदै आएको छ । अफगानिस्तानको कूल ग्राहस्थ उत्पादन सन् २०२० मा २० अर्ब डलर भएकोमा यो वर्ष १६ अर्ब डलरमा खुम्चिने यूएनडीपीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

अहिलेकै अवस्था रहे वा कुनै सुधारका कदम नचालिएमा यो दर आगामी वर्ष ३० प्रतिशतले घट्ने पनि राष्ट्रसङ्घले प्रक्षेपण गरेको छ । राष्ट्रसङ्घका अनुसार अफगानिस्तानको प्रतिव्यक्ति आय सन् २०१२ मा ६५० डलर रहेकोमा सन् २०२० मा घटेर ५०० डलर पुगेको थियो । अफगानिस्तानले आर्थिक सङ्कट सामना गरिरहे आगामी वर्ष उसको प्रतिव्यक्ति आय ३५० डलरमा झर्ने राष्ट्रसङ्घले प्रक्षेपण गरेको छ ।


प्रकाशित : २०७८ मंसिर १७ शुक्रबार