
काठमाण्डौं । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आज बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरेको जानकारी दिए । प्रकाशित नतिजा झण्डै एक घण्टापछि अनलाइनमा हेर्न राखिने छ ।
नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np/ मा गएर हेर्न सकिन्छ । यस्तै, एसएमएसबाट पनि नतिजा हेर्न neb लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नम्बरमा पठाउन सकिनेछ । गएको भदौ ३० गतेदेखि असोज ८ गतेसम्म १२ कक्षाको परीक्षा भएको थियो ।
प्रकाशित : २०७८ मंसिर १७ शुक्रबार