मौसम पूर्ण रुपमा खुल्न अझै केही दिन लाग्ने

[sharethis-inline-buttons]

काठमाडौं । देशका धेरै ठाउँको मौसम पूर्ण रुपमा खुल्न अझै केहीदिन लाग्ने मौसमविद्ले बताएका छन् । देशका विभिन्न ठाउँमा वर्षासँगै हिमपात गराउने प्रणाली सक्रिय भएकाले देशभरी कै मौसम पूर्ण रुपमा खुल्न अझै केहीदिन लाग्ने मौसमविद्ले बताएका हुन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली हुनेछ ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भेगको धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको उहाँले बताउनुभयो । यस्तै राति सुदूरपश्चिममा यी प्रणालीको प्रभाव कम हुँदै गएपनि कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ ।

बाँकी भ(भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानहरूमा भने हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगको केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविद् नगरकोटील बताउनुभयो । यो प्रणाली भोलिदेखि कमजोर हुँदै गएपनि पर्सि फेरि अर्को प्रणाली प्रवेश गर्न लागेकाले देशभरीकै मौसम पूर्ण रुपमा खुल्न भने समय लाग्ने उहाँले जानकारी दिनुभयो ।


प्रकाशित : २०७८ मंसिर १७ शुक्रबार