
काठमाडौं । सरकारले कोभ्याक्स सुविधामार्फत आज मोडर्नाको खोप ल्याउँदैछ । आज १ लाख ८८ हजार मात्रा मोडर्ना खोप नेपाल आउन लागेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले बताउनुभयो । कतार एयरलाइन्सको विमानबाट दिउँसो पौने तीन बजे खोप आइपुग्नेछ । मोर्डना खोप माइनस १५ देखि २५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ ।
प्रकाशित : २०७८ मंसिर १७ शुक्रबार