दुवै सदनको अधिवेशन आह्वान

[sharethis-inline-buttons]

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपतिले मंसिर २८ गतेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपाल सरकारको यही मङसिर १६ गतेको निर्णय र सिफारिसबमोजिम नेपालको संविधानको धारा ९३ को १ बमोजिम बैठक आह्वान गरेको राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।


प्रकाशित : २०७८ मंसिर १६ बिहीबार