थप ३१५ जनामा कोरोना पुष्टि

[sharethis-inline-buttons]

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९ हजार ५ सय ११ जनाको पीसीआर परीक्षण गर्दा २९८ जना र १ हजार ८ सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जना गरी ३१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने २०१ जना निको भएका छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १7 हजार ४९५ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ भने ८ लाख ३ हजार ३६९ जना संक्रमणमुक्त भएका छन् ।


प्रकाशित : २०७८ मंसिर १६ बिहीबार