रेखा थापाले गरिन् राप्रपा महामन्त्रीमा उम्म्दवारी घोषणा

[sharethis-inline-buttons]

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री पदमा उम्म्मेदवारी घोषणा गर्दै नायिका रेखा थापाले शीर्षनेताहरू आफूभन्दा खत्रा कलाकार रहेका टिप्पणी गरेकी छन् ।

काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनमा उनले महामन्त्रीमा पदमा उम्मेदवारी घोषणा गरेकी हुन् । राजेन्द्र लिङ्देन समूहबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी उनले आफू दर्शक नभएर खेलाडीको रूपमा जन्मिएकाले मैदानमा उत्रिएको बताइन् ।

नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बताए पनि पुरानै नेतालाई जिताउने परिपाटी अन्त्य नगरेसम्म पार्टी राम्रो हुन नसक्ने उनको भनाइ छ ।


प्रकाशित : २०७८ मंसिर १६ बिहीबार