कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित

[sharethis-inline-buttons]

काठमाडौं । नेपाली काँग्रेसले १६ जिल्लाको अधिवेशन स्थगित गरेको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले विहीबार एक विज्ञप्ति जारी गर्दै जिल्ला अधिवेशन हुन नसकेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको हो । अब यी जिल्लाको अधिवेशन अब १४औं महाधिवेशनपछि मात्रै गर्ने निर्णय भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।जिल्लाहरूको अधिवेशनको कार्यतालिका महाधिवेशनपश्चात नै केन्द्रीय निर्वाचन समितिले निर्धारण गर्नेछ ।

‘आजका मितिसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाहरूको जिल्ला कार्यसमितिको निर्वाचनलगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रमस्थगत गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ । काँग्रेसले अहिलेसम्म ६१ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ ।

 


प्रकाशित : २०७८ मंसिर १६ बिहीबार