सभामुख सापकोटा आईपीयू सम्मेलनबाट स्वदेश फिर्ता

[sharethis-inline-buttons]

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा स्पेनबाट स्वदेश फर्किनु भएको छ । अन्तर व्यवस्थापिका संघ (आइपियु) को १४३ औँ सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा आज ९बिहीबार० बिहान स्वदेश फर्किनु भएको हो ।

स्पेनको म्याड्रिडमा गत नोभेम्बर २६ देखि ३० सम्म चलेको सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल मंसिर ८ गते त्यसतर्फ प्रस्थान गर्नु भएको थियो ।


प्रकाशित : २०७८ मंसिर १६ बिहीबार