अरुण ३ सुरुङमा भारतीय कामदारको मृत्यु

[sharethis-inline-buttons]

मेघराज तामाङ

संखुवासभा । संखुवासभामा निर्माणाधिन अरुण तेस्रोको सुरुङमा भारतीय कामदारको मृत्यु भएको छ । चिचिला गाउँपालिका वडा नं. ३ सोलाखानी स्थित सुरुङमा काम गर्ने क्रममा माथिबाट ढुंगा खस्दा मध्य प्रदेश भारतका मुगेरीलाल सिंह घाइते भएका थिए । उनको उपचारको क्रममा बुधबार जिल्ला अस्पताल संखुवासभा खाँदबारीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७८ मंसिर १६ बिहीबार