
काठमाडौं । सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरालाई विदामा बसेर कार्यवहाक प्रधानन्यायधीश तोक्न सुझाव दिएका छन्।
बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायधीश बिरामी परेकाले तत्काल कार्यवहाक न्यायधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएका हुन्।
गठबन्धनको बैठकपछि सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश राणालाई बिदामा बस्न सुझाव दिने निष्कर्षमा शीर्ष नेताहरु पुगेको जानकारी दिनु भयो ।
प्रकाशित : २०७८ मंसिर १६ बिहीबार