इंग्लिस प्रिमियर लिगमा चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुल विजयी

[sharethis-inline-buttons]

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् । राति भएको खेलमा चेल्सीले वाट्फोर्डलाई २–१ ले पराजित गरेको छ ।

खेलको २९ औँ मिनेटमा म्यासन माउन्टले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाउनुभयो । तर वाट्फोर्डका डेनिसले खेलको ४३ औँ मिनेटमै गोल फर्काउँदै खेल १–१ को बराबरीमा पु¥याउनुभयो । तर ७२ औँ मिनेटमा चेल्सीका जियचले गोल गर्नुभयो । त्यसपछि खेलमा कुनै गोल भएन । चेल्सी २–१ ले विजयी भयो ।

जितपछि शीर्ष स्थानको चेल्सीको १४ खेलबाट ३३ अङ्क भएको छ । १३ अङ्कसहित वाट्फोर्ड १७ औँ स्थानमा छ । यस्तै अर्को खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई २–१ ले हराएको छ । सिटीका लागि २७ औँ मिनेटमा रुबेन डियाज र ४३ औँ मिनेटमा बेर्नाडो सिल्भाले गोल गर्नुभयो ।

एस्टन भिल्लाका लागि ४७ औँ मिनेटमा वाट्किन्सले एक गोल फर्काउनुभयो । जितपछि सिटीको १४ खेलबाट ३२ अङ्क भएको छ । राति नै भएको खेलमा लिभरपुलले लिभरपुलले एभर्टनलाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।

लिभरपुलका लागि मोहम्मद सालहले दुई तथा हेन्डर्सन र जोटाले एक–एक गोल गर्नुभयो । एभर्टनका लागि ग्रेले ३८ औँ मिनेटमा एक गोल फर्काए । जितपछि तेस्रो स्थानको लिभरपुलको १४ खेलबाट ३१ अङ्क भएको छ । राति नै भएका अरु खेलमा लेस्टर सिटी र साउथह्याम्पटनले २–२, वेष्ट ह्याम र ब्राइटनले १–१ तथा वुल्भ्स र बर्नलीले गोलरहित बराबरी खेलेका छन् ।


प्रकाशित : २०७८ मंसिर १६ बिहीबार