गत महिना दिल्लीको वायु प्रदूषणको स्तर ६ वर्षयताकै खराब रहेको अध्ययनको निष्कर्ष

[sharethis-inline-buttons]

काठमाडौं । गत महिना भारत दिल्लीको वायु प्रदूषणको स्तर ६ वर्षयताकै खराब रहेको पाइएको छ । गत महिना दिल्लीमा ११ दिन प्रदुषणको मात्रा अत्यधिक रहेको अध्ययनले देखाएको बीबीसीले जनाएको छ । यसअघि सन् २०१६ को नोभेम्बरमा १० दिन वायु प्रदुषण अत्यधिक रहेको पाइएको थियो ।

विज्ञहरूले नजिकका राज्यहरूमा पराल बाल्दा र दिपावालीका कारण नोभेम्बरमा वायु प्रदूषण उच्च भएको बताएका छन् । हालै भारतमा गरिएको एक अध्ययनले बालबालिकालाई वायु प्रदूषणका कारण मोटोपन हुनसक्ने र त्यसले श्वासप्रश्वाससम्बन्धी रोगको जोखिममा पार्ने देखाएको थियो ।


प्रकाशित : २०७८ मंसिर १६ बिहीबार