
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा आज मतदाता नामावली प्रकाशन तथा उम्मेदवारको मनोनयन हुने छ । आज मतदाता नामावली प्रकाशन तथा उम्मेदवारको मनोनयन हुने महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसअघि विभिन्न कार्यपत्रमाथि छलफल हुनेछ ।
महाधिवेशनमा हिजो बेलुकी बन्दसत्र सुरु भएको छ । हिजो काठमाडौँको भृकुटीमण्डपमा एक समारोहकाबीच उद्घाटन गरिएको महाधिवेशनमा भाग लिन देशभरबाट ४ हजार ३ सय ८५ प्रतिनिधि सहभागी भएका राप्रपाका प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिनुभयो । महाधिवेशनबाट यस पटक अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले आकंक्षा देखाउनुभएको छ ।
लिङ्देनले यसअघि नै अध्यक्षमा आफ्नो उम्मेद्वारी रहने बताइसक्नुभएको छ भने थापाले पनि उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । राप्रपाको संशोधित विधानअनुसार केन्द्रीय समिति १ सय ९९ सदस्यीय हुनेछ । १ सय ९९ जनाको कार्यसमितिमा १ सय ४९ निर्वाचनबाटै चुनिने छन् । तर, महाधिवेशनमार्फत भने राप्रपाले १ सय ४९ जनालाई मात्रै निर्वाचनमार्फत केन्द्रीय समितिमा चयन गर्नेछ ।