
काठमाडौं । नेपाली क्रिकेट सङ्घ क्यानले ४ खेलाडीलाई दोस्रो पटक लिखित स्पष्टिकरण माग गरेको छ । क्यानको नयाँ खेलाडीको बर्गिकरण चित्त बुझ्दो नभएको भन्दै सञ्चार माध्यममा खुलेर बोलेका ४ खेलाडीले दिएको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै क्यानले फेरी दोस्रो पटक लिखित स्पष्टिकरण माग गरेको हो । खेलाडीलाई ७२ घण्टाभित्र स्पष्टिकरण बुझाउन क्यानले भनेको छ ।
क्यानले पछिल्लो पटक गरेको खेलाडीको बर्गिकरणमा चित्त नबुझाएपछि चार जना खेलाडीले यसमा आपत्ती जनाएका थिए । राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले गत ८ गते मङ्सीरमा स्पष्टीकरण बुझाएका थिए ।
उक्त स्पष्टिकरणमा आफुले मिडिया सामु राखेको अभिब्यक्ति ब्यक्तिगत रहेको तर क्यानको कुभलो चिताउने नियतको नरहेको भन्दै खेलाडी बर्गिकरणमा भएको गल्तिलाई सुधार्न अनुरोध गरेको बताएकाछन् ।