आज सुदूरपश्चिम र कर्णाली प्रदेशका केही भू–भागमा हिमपात हुने

[sharethis-inline-buttons]

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आजपनि देशका अधिकांश स्थानमा आंशिक मौसम परिवर्तन रहने बताएको छ । हाल नेपालमा अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिक बदली रहने र राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान जारी गरेको मौसम सम्बन्धी बुलेटिनमा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको उल्लेख गरिएको छ ।

सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।


प्रकाशित : २०७८ मंसिर १६ बिहीबार