मिर्चैयाका मेयर यादवलाई पक्राउ गर्न निर्देशन

[sharethis-inline-buttons]

सिरहा । प्रदेश न. २ को सिरहा जिल्लास्थित मिर्चैया नगरपालिकाका मेयरलाई पक्राउ गर्न निर्देशन दिइएको छ ।

जिल्ला सरकारी वकीलको कार्यालयले मिर्चैया नगपालिकाका प्रमुख श्रवण कुमार यादवलाई पक्राउ गर्न निर्देशन दिएको हो । कोरोना सक्रमणको समयमा राहत बितरण गर्ने क्रममा आक्रमण गराएको मेयर यादवमाथि आरोप छ ।

आक्रमणबाट स्थानीय बिजय कुमार यादवको हात भाँचीएको थियो । सोही घटनामा जिल्ला अदालत सिराहाले नगर प्रमुख यादवलाई सार्वजनीक अपराध मुद्धामा २ हजार रुपैयाँ जरिवाना गरिसकेको छ ।

जिल्ला सरकारी वकीलको कार्यालयका एक वकिलले दावानलसँग कुरा गर्दै माथिल्लो निकायको आदेश अनुसार गर्ने/गराउने बताएका छन् । उच्च सरकारी वकिलकाे कार्यालयले मेयर यादवलाई पक्राउ गर्न आदेश दिएको छ ।


प्रकाशित : २०७८ मंसिर १५ बुधबार