निरन्तर ओरालो लाग्दै सुनको भाउ, आजपनि घट्यो

[sharethis-inline-buttons]

१५ मंसिर,काठमाण्डौ । सुनचाँदीको भाउ निरन्तर घटेको छ । हिजो ९१ हजार ९ सय रुपैयाँ तोलामा कारोबार भएको सुन आज तोलामा ४ सयले घटेर ९१ हजार ५ सय रुपैँया तोलामा किनबेच भैरहेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।

हिजो सुन तोलामा एक सयले घटेको थियो ।यस्तै चाँदीको भाउ आज पनि घटेको छ । हिजो १५ रुपैयाँले घटेको चाँदी आज पनि तोलामा थप पाँच रुपैयाँले घटेर १ हजार २ सय रुपैयाँ तोलामा कारोबार भैरहेको छ ।


प्रकाशित : २०७८ मंसिर १५ बुधबार