
काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्टस विजयी भएको छ । राति भएको खेलमा युभेन्टसले सालेर्नितानालाई २–० ले पराजित गरेको हो । युभेन्टसका लागि २१ औँ मिनेटमा पाउलो डिबाला तथा ७० औँ मिनेटमा अल्भारो मोराताले गोल गर्नुभयो । जितपछि सातौँ स्थानको युभेन्टसको १५ खेलबाट २४ अङ्क भएको छ ।
प्रकाशित : २०७८ मंसिर १५ बुधबार